पोखराको शिशुवास्थित चक्रदेवी सहकारी तोडफोड, ९ जना पक्राउ

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३० शिशुवास्थित चक्रदेवी बहुमुखी सहकारी तोडफोड भएको छ । केही व्यक्ति सहकारी कार्यालयमै प्रवेश गरी तोडफोड तथा कर्मचारीलाई समेत हातपात गरेको प्रहरीले जनाएको छ ।

दुर्गा प्रसाईंको समर्थक भन्दै गएका समूहले सहकारीका कर्मचारीमाथि हातपात र तोडफोड गरेको बताइएको छ । सहकारी तोडफोड तथा कर्मचारी माथि गरेको आरोपमा प्रहरीले केहीलाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ रिभानमा ३६ वर्षीय प्रकाश बिक, झापाका ४० वर्षीय राजीव प्रसाईं, पोखरा-२७ लेखनाथका ४२ वर्षीय गणेश शाही, २९ वर्षीय समीन बिक, २७ वर्षीय सञ्जीव सुनार छन् ।

यसैगरी पोखरा-२७ का यमबहादुर चौरेली, ४९ वर्षीय कृष्णकुमारी चौरेली, रुपन्देहीका ४७ वर्षीय कमला चन्द र नवलपरासीका बर्ष ४२ की बिष्णु बोहरा पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button