सुनको मूल्य घट्यो

  • पोखरा न्यूज
  • २०८१ जेष्ठ ९
सुनको मूल्य घट्यो

पोखरा । आज नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदी बढेको छ ।

अघिल्लो दिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १९ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय ८५ रूपैयाँमा कारोबार भएको थियो ।

मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रूपैयाँ बढेको हो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस