पोखराबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

  • पोखरा न्यूज
  • २०८१ जेष्ठ ९
पोखराबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

सोमबार दिउँसो ३ बजे पोखरा महानगरपालिका वडा नं. १४ स्थित बीपीमार्गबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा पोखरा-१३ मियापाटन बस्ने ३७ वर्षीय बैतुल करिम मिया, पोखरा-३१ बस्ने ६ वर्षीय अस्मित ढुंगाना र बाँके स्थायी घर भइ हाल पोखरा-१३ मियापाटन बस्ने ३६ वर्षीय अब्दुल कमाल छन् ।

उनीहरुको साथबाट ब्राउन सुगर पाँच ग्राम नौ सय मिलिग्राम, डिजिटल तराजु एक थान, मोबाइल चार थान, पावर बैंक एक थान र २६ हजार रुपैयाँ नगद बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

पक्राउ परेका तीन जनाबिरुद्ध जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा १० दिन म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी शर्माले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस