पोखरामा साढे २७ हजार बालबालिकालाई पोलियोबिरुद्धको खोप

पोखरा । पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग पोलियोमाईलाईटिसविरुद्धको खोप अभियान २०८१ सञ्चालन गरिने भएको छ । यो अभियान राष्ट्रिय रूपमा यही जेठ १३ गतदेखि २६ गतेसम्म देशभर एकैसाथ सञ्चालन गरिने छ ।

अभियानमा २०७३ साल वैशाखदेखि २०७५ साल आश्विनसम्म जन्मिएका बालकालिकालाई लक्षित गरिएको छ । यस अवधिमा जन्मिएका १४ लाख ६२ हजार ७१२ लाई पोलियोमाईलाईटिस विरुद्धको खोप लगाउने लक्ष्य लिइएको छ । त्यस अवधिमा खोप आपूर्ति नभएपछि छुट भएका यी बालबालिकाहरूलाई खोप लगाउने लक्ष्य लिइएको हो ।

विश्वव्यापी रूपमा सन् २०२६ सम्म विश्वबाट नै पोलियो उन्मूलन गर्ने लक्ष्य लिइएको छ । नेपालमा सन् २०१० पछि पोलियोको सङ्क्रमण देखिएको छैन ।

अभियानका क्रममा पोखरा महानगरपालिकाका २७ हजार पाँच सय बालबालिकाहरूलाई खोप लगाइने छ । महानगरका खोपकेन्द्र (चार सय १३ विद्यालय) मा चार सय ६० बढी स्वास्थ्यकर्मीहरू परिचालन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button