
पोखरा । पोखराको काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसले क्युएए प्रमाणपत्र प्राप्त गरेको छ ।
विश्वविद्यालय अनुदान आयोग नेपालले क्याम्पसलाई मंगलबार प्रमाणपत्र प्रदान गरेको क्याम्पस प्रमुख विरन्जी गौतमले जानकारी दिए ।
क्याम्पसलाई क्युएए दिइनुअघि यहाँको गुणस्तरको मूल्यांकन गरिएको थियो ।
कालिकासहित पोखरा क्षेत्रका कलेजमा यस्तो प्रमाणपत्र प्राप्त गर्ने ४ पुगेका छन् ।
यसअघि जनप्रिय, कन्या र पृथ्वीनारायण क्याम्पसलाई क्युएए प्रमाणपत्र दिइएको थियो ।
२०४८ सालमा स्थापना भएको कालिका बहुमुखी क्याम्पसमा हाल ६८ कर्मचारी र एक हजार छ सय ५० विद्यार्थी छन् ।
क्याम्पसमा व्यवस्थापन, मानविकी र शिक्षा संकायअन्तर्गत एमए, एमबिएस, बिए, बिबिएस र बिएड तहको पढाइ हुँदै आएको छ ।





