पोखरा । पोखरास्थित फेवातालमा पर्वत फलेवास नगरपालिका वडा नं. ८ का ५८ वर्षीय नेत्रबहादुर क्षेत्रीको शव भेटिएको छ ।
आज बिहान करिब ५ः३० बजे फेवातालको कोप्चेघाटमा तैरिरहेको अवस्थामा क्षेत्रीको शव भेटिएको प्रहरीले जनाएको छ ।
शव भेटिएको सूचना पाएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले क्षेत्रीको शव निकालेर पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाएको छ ।
क्षेत्री पोखरामा ट्याक्सी चालक पेशामा संलग्न रहेको बताइन्छ । घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution