पोखरा । कास्कीको भुर्जुङखोलाबाट पोखरातर्फ आउँदै गरेको टिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार बिहान करिब ७ बजे ग१क १५१४ नम्बरको टिपर अन्नपूर्ण संरक्षण क्षेत्रभित्रबाट बालुवा लिएर पोखरा आउँदै गरेको भन्ने सूचनाका आधारमा पोखरा १९ स्थित अकला मन्दिर नजिकै नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उक्त टिपरलाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्रको सम्पर्क कार्यालय हरियोखर्क पोखरामा पठाइएको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution