पोखरा लेकसाइडस्थित मसाज सेन्टरमा बालिका प्रयोग, पाँच बालिकाको उद्धार

पोखरा । पोखराको लेकसाइडमा सञ्चालित स्पा (मसाज सेन्टर) मा बालिकाहरुलाई काममा लगाउने गरेको पाइएको छ ।

बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका सामाजिक महाशाखा, राष्ट्रिय बाल अधिकार परिषद् र शक्ति समूह नेपालबाट खटिएको टोलीले विभिन्न १५ वटा स्पा अनुगमन गर्दा यस्तो रहस्य खुलेको हो ।

अनुगमन टोलीले तीन स्पाबाट पाँच बालिकाको उद्धार गरेको छ । जसमा नेक्टर इको फुट स्पाबाट तीन, पञ्चासे स्पा एण्ड पार्लर र नमस्ते वेलनेस स्पाबाट एक एक बालिकाको उद्धार गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

यसअघि अनुगमन गर्दा पनि केही बालिकाको उद्धार गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button