रमेश प्रसाईँ भन्छन् – जीबी राईलाई पक्राउ गर्नैपर्छ

  • पोखरा न्यूज
  • २०८१ जेष्ठ १३
रमेश प्रसाईँ भन्छन् – जीबी राईलाई पक्राउ गर्नैपर्छ

पोखरा । राष्ट्रिय स्वतन्त्र पाटी सहप्रवक्ता रमेश प्रसाईंले रवि लामिछाने गृहमन्त्री भएकै समयमा सूर्यदर्शन सहकारी रकम अपचलन काण्डका फरार प्रतिवादी जीबी राई पक्राउ पर्ने बताएका छन् ।

शनिबार पोखरा-२९ को प्रथम अधिवेशन उद्घाटन गर्दै प्रसाईले यस्ताे दाबी गरेका हुन् । उनले सहकारी पीडितका समस्या समाधान गर्न जीबी राईलाई पक्राउ गर्नैपर्नेमा जोड दिँदै राईबाट सहकारीका सेयर सदस्यभन्दा रवि लामिछाने अझ बढी पीडित भएकाले रवि गृहमन्त्री भएकै समयमा पक्राउ पर्ने ठोकुवा गरे ।

सत्ता समीकरण फेरिएपछि छटपटिएको कांग्रेसले केवल रविका नाममा मात्र संसदीय समिति गठन गर्नुपर्ने बखेडा निकालेर राज्यलाई अनिर्णयको बन्दीमा राखेकाले यसको हिसाबकिताब जनताले २०८४ को निर्वाचनमा साँवा र ब्याजसहित देखाइदिन आग्रह गरे ।

रास्वपा मात्र नभई भ्रष्टाचार निवारणका लागि अभियान समेत भएकोले आमनेपाली जनतामा रहेको आशा र भरोसालाई साकार रुप दिन भ्रष्टाचारलाई जरैदेखि निवारण गर्नका लागि पनि जनताको साथ अनिवार्य छ प्रसाईंको भनाइ छ ।

पोखरा-२९ का सभापति प्रभात पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयतर्फबाट जंगबहादुर गुरुङ, गण्डकी प्रदेशका सभापति राजन गौतम, कास्की जिल्ला सहसंयोजक राजु राई, गण्डकी प्रदेश संगठन विभागका सचिव एकराज न्यौपाने, पोखरा महानगरपालिका सभापति नारायण आचार्य, क्षेत्र १ का उपसभापति उषा मगर, महानगर सचिव सम्राट बराल र वडा २९ उपसभापति गंगाबहादुर परियार लगायतले पार्टीको अभियानबारे स्पष्ट नीति आउनुपर्ने सुझाव दिए ।

भेलाले प्रभात पौडेललाई सभापतिमा सर्वसम्मत् चयन गरेको छ । उपसभापतिमा गंगाबहादुर परियार र सदस्यमा योगेन्द्र गुरुङ, शान्ति सार्की, तुलबहादुर कुमाल, सीतामाया आले, पुनम नेपाली, रवि रानाभाट र सुमित्रा विक छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस