राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति अध्यक्षमा बराल

पोखरा । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालको अध्यक्षमा ठाकुरप्रसाद बराल निर्वाचित भएका छन् । संस्थाको २६औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनबाट बराल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

समिति उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, महासचिव दिलीप दोषी, सचिव विन्ध्येश्वरी बराल र कोषाध्यक्षमा कमलप्रसाद न्यौपाने छन् ।

संस्थाको कार्यसमिति सदस्यमा श्रीराम आचार्य, अर्जुन भण्डारी, त्रिभुवनप्रसाद बराल, अनिल थापा, कल्याण पन्त, विनिता अधिकारी, सुशीला त्रिपाठी, शौरभ देवकोटा र मिलन प्रतीक छन् ।

विष्णुहरि अधिकारीको संयोजकत्वमा रहेको निर्वाचन समितिमा बसुन्धरा ढकाल र निर्मला कोइराला सदस्य थिए ।

सो अवसरमा संस्थापक अध्यक्ष टेकनाथ बराललाई राष्ट्रिय सम्पदा मानवअधिकार सम्मान प्रदान गरिएको छ । उनको गत वर्ष निधन भएको थियो ।

बरालकी धर्मपत्नी हरिकला र छोरा विद्याविमलले सम्मानपत्र ग्रहण गरे । उनीहरुलाई संस्थाका अध्यक्ष सुनिल पाण्डे, राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रमुख मायादेवी शर्मा लगायतले सम्मान गरेका हुन् ।

कार्यक्रममा आयोग गण्डकी प्रमुख शर्माले अधिकारकर्मी बराललाई मानवअधिकार आयोग केन्द्रले नै सम्मान गरिसकेको स्मरण गरिन् ।

संस्थाका अध्यक्ष पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिभा छनोट समिति संयोजक तिलक पराजुली, पूर्व अध्यक्ष भवानीप्रसाद पाण्डे र रामबहादुर पौडेल, मानवअधिकारकर्मी खगराज आचार्य, पोखरा-६ का अध्यक्ष विष्णुबहादुर भट्टराई, संस्था उपाध्यक्ष निर्मला कोइराला, सम्मानित व्यक्तित्व टेकनाथका छोरा विद्याविमल बराल, माछापुच्छ्रे महिला क्लब अध्यक्ष गीता पौडेल लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button