कास्कीको मर्दी खोलामा डुबेर रिभानका थापाको मृत्यु

पोखरा । कास्कीको मर्दी खोलामा डुबेर आइतबार दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ रिभान, आनन्दठाँटी बस्ने बर्ष ४९ का शिवबहादुर थापा मगर छन् ।

आइतबार दिउसो करिब ४ः४० बजे रिभानस्थित शान्तिघाट नजिकै मर्दी खोलामा पौडी खेल्नेक्रममा डुबर उनको मृत्यु भएको वडाध्यक्ष नारायण पाण्डेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अस्थायी प्रहरी पोष्ट भेडाबारीबाट खटिगएको टोलीले स्थानीयको सहयोगमा खोलाबाट शव बाहिर निकालेर पोष्टमार्टमका लागि पोखरा ल्याइएको छ । सो घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button