मुक्तिनाथ हुँदै कोरला नाका पुगे पोखराका कपडा व्यवसायी

  • पोखरा न्यूज
  • २०८१ जेष्ठ १४
मुक्तिनाथ हुँदै कोरला नाका पुगे पोखराका कपडा व्यवसायी

पोखरा । कपडा व्यवसायी एसोसिएसन कास्कीको अवलोकन भ्रमण सम्पन्न भएको छ । यही जेठ १० देखि १२ गतेसम्म पोखरादेखि छिमेकी मुलुक चीनको कोरला नाकासम्मको भ्रमण सम्पन्न भएको संस्थाका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले जानकारी दिए ।

जेठ १० गते बिहान संस्थाको कार्यालय न्युरोड पोखराबाट सुरु भएको अवलोकन भ्रमण रुप्से झरना, मार्फा गाउँ, मार्फा बागवानी, जोमसोम, पवित्र धार्मिक स्थल कागबेनी, मुक्तिनाथ मन्दिर, छुसाङ, चराङ, लोमान्थाङ, मुस्ताङ दरबार, गुफा र नेपाल चीन सीमा क्षेत्र कोरला नाकासम्म पुगेको अध्यक्ष श्रेष्ठले बताए ।

भ्रमणमा संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य, पूर्व अध्यक्ष एवं सल्लाहकार, संस्थाका आजीवन तथा साधारण सदस्य व्यवसायीलगायत सहभागी भएको कार्यक्रम संयोजक एवं संस्थाका महासचिव चोकबहादुर गुरुङले बताए । भ्रमण स्मरणयोग्य र फलदायी भएको सहभागी व्यवसायीले बताएका छन् ।

भ्रमण टोलीका सदस्यले म्याग्दी र मुस्ताङका पवित्र धार्मिक स्थलको भ्रमण गर्न पाएकामा खुसी व्यक्त गरे । संस्थाले व्यवसायी बिचको आत्मीयता र भातृत्व विकासका लागि यसप्रकारको अवलोकन भ्रमणको आयोजना गर्दै आएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस