आज गणतन्त्र दिवस, चर र लाभ बेला परेको श्रीगणेशको प्रिय दिनमा राशिफल कस्तो होला ?

आजको पञ्चाङ्ग

मिति २०८१ जेठ १५ गते मंगलबार, इस्वीसंवत मे २८ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार ज्येष्ठकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज ज्येष्ठकृष्णपक्षको पञ्चमी तिथि दिनमा ३ः१६ बजेसम्म त्यसपछि षष्ठी तिथि लाग्नेछ । नक्षत्रमा उत्तरषाढा बिहानमा १०ः३७ बजेसम्म त्यसपछि श्रवण नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा ब्रम्ह ५३ घटि ३२ पलासम्म त्यसपछि ऐंन्द्र लाग्नेछ । करणमा भद्रा अहोरात्र रहनेछ । आनन्दादि योगमा पद्य रहनेछ ।

सूर्य वृष राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । आज दिनमान ३४ घटि १२ पला अर्थात १३ घण्टा ४३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः११ बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः५१ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ११ः२८ बजे र अस्ताउने समय भोलि बिहानमा ९ः२४ बजे रहेको छ । आज गणतन्त्र दिवस रहेको छ ।

आजको राशिफल

मेषः आज स्वास्थ्यको हिसावले खराव रहेको छ । घुँडा दुख्ने, शरीर दुख्ने, रुघाखोकीले पनि हैरान पार्ने अवस्था छन् । त्यसकारण उमालेको पानी पिउने, खाना तातो खाने, शरीरलाई चिसोबाट जोगाउनु पर्नेछ । आफूले गरेका काममा चित्त बुझ्नेछैन । शरीरको कुनै पनि अंग दुख्ने, चोटपटक लाग्ने सम्भावना छ, यात्रामा ज्यादै सतर्क रहनु आवश्यक छ ।

वृषः आज आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । साढेसातीको प्रभावले समग्र समय कष्टप्रद, अनावश्यक भ्रमण, आत्मीयजनबाट धोका पाइनेछ । त्यसैले हरेक कार्यमा सतर्क अति आवश्यक छ । समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय नगर्नुहोला ।

मिथुनः आज आशा नै नगरेको ठाउँबाट धन लाभ हुनेछ । जमीन किन्नु छ भने आजै किन्नुहोला । उच्चस्तरीय घनिष्ट मित्रसंगको भेटले पेशागत क्षेत्रमा नयाँ लाभ, गरेका हरेक कार्यमा सबै प्रकारले चित्त बुझ्दो उन्नति प्रगति गर्न सक्नुहुनेछ । समग्रमा आजको समय राम्रो रहेकाले उपयोग गर्न सके लाभ मिल्नेछ । यात्रा भने सावधान भएर गर्नु अत्यन्तै राम्रो हुनेछ ।

कर्कटः आज लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानसिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । यसअघि रोकिएका सबै काम आज पूरा हुनेछन्, समयको सही उपयोग अवश्य गर्नुहोला । टाढाको यात्रामा भने केही समस्या आउन सक्नेछ ।

सिंहः आज पनि समय ज्यादै फाइदाको रहेको छ । त्यसकारण काम गर्दा धेरै महत्वपूर्ण कामलाई पहिलो प्राथमिकतामा पार्नुहोला । जग्गा जमिन किन्नु छ भने पनि आजै किन्नुहोला । गाडी खरिद बिक्री, खेतीका काम शुरु गर्नुहोला । समय शुभ रहेकाले यसअघि अवरोध भएका काममा अब सुधार हुँदै जानेछन् ।

कन्याः आज आँखामा एक्कासि समस्या आउन सक्नेछ । यातायात क्षेत्रबाट आर्थिक घाटा हुन सक्नेछ । कसैलाई नगद सापट दिएमा उठ्नै कठिन हुनेछ । चिसोले स्वास्थ्यमा गडबडी आउने सक्ने देखिन्छ । समय खराब रहेकाले सबै प्रकारले सतर्क भई हिंड्नुहोला । आज टाढाको यात्रा, नयाँ मित्रसँंगको भेटघाटन समेत विफल हुने देखिएको छ ।

तुलाः आज जो कसै व्यक्तिले धोका दिने प्रयास गर्नेछन् । आफ्नो क्षमता अनुसार जे काम गर्नुछ एक्लै गर्नुहोला । जसमाथि तपाईंले ठूलो विश्वास गर्नुभएको छ ति व्यक्तिहरूबाट नै काम बिग्रनेछन्, विशेष सतर्क रहनुहोला । समग्रमा भन्नुपर्दा हाज समय शुभ रहेको छैन । प्रत्येक काममा व्यर्थैमा लगानी गर्नुभन्दा गरिरहेको पेशालाई यथावत नै रहन दिनु उचित हुनेछ ।

वृश्चिकः आज आकस्मिक रूपमा नगद प्राप्त हुनेछ । अचल सम्पत्तिबाट लाभ पाइने समय छ । विद्यार्थीहरूलाई उच्चतम् लाभ मिल्ने, नयाँ रोजगारीको अवसर मिल्ने छ । आदर-सत्कार, प्रतिष्ठा बढाउने काममा लगानी गर्ने शुभ अवसर आइलाग्ने छन्, प्रयास गर्नुहोला । समय शुभ रहेकाले समयको महत्व बुझेर अघि बढेमा लाभ मिल्नेछ । यात्रा पनि शुभ रहनेछ ।

धनुः आज चिसो र पखालालाले ठूलो दुःख दिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । पिसाबसम्बन्धी रोग एक्कासि देखापर्न सक्छ । एक पटक स्वास्थ्य जाँच गराउनु नै उचित हुनेछ । आज गरेको लगानीबाट नोक्सानी हुनसक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला । यात्रामा पनि शुभ समय रहेको छैन ।

मकरः आज सबै प्रकारले शुभ रहेको छ । पानी र चिसोबाट विशेष सतर्क रहनुहोला । अरु काम तपाईंले सोचेअनुसार सफल हुनेछन् । जे काम गर्नुछ आज थालनी गर्नुभएमा राम्रो हुनेछ । धार्मिक एवं सामाजिक कार्य पनि राम्रो हुनेछ ।, टाढाको यात्रा, मित्रसँगको भेटघाट पनि सुखद् हुन सक्ने देखिन्छ ।

कुम्भः आज गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, वायुरोगले सताउने, खानामा गडबढी, कुनै चिन्ता पर्ने समाचार प्राप्त हुन सक्नेछन् । जस्तोसुकै बाधा परेपनि निराश नभई सक्रिय रुपमा आफ्नो कार्य सम्पादन गर्नुहोला । शैक्षिक क्षेत्रबाट पनि त्यति राम्रो फाइदा हुने देखिंदैन । समय खराब छ, आज उत्तर दिशाको यात्रा ठीक छैन ।

मीनः आज स्वास्थ्य ठीकठाक रहनेछ । गर्न खोजेका केही काम सफल, केही असफल हुनेछन् तैपनि कडा परिश्रम गर्नुभएमा निश्चित रुपमा केही नहुनुभन्दा राम्रै हुनेछ । तपाईं महिला पुरुष जो भए पनि आज नराम्रो आरोप लाग्न सक्छ । त्यसकारण जो कसैसंग लेनदेन कारोवार गर्दा ज्यादै सतर्क रहनुहोला । समय मध्यम छ, टाढाको यात्रामा पनि खासै उपलव्धि देखिंदैन ।

साइतः सूर्य वृष राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । त्यसैले पूर्व र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर र पश्चिमतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः०९ बजेदेखि ६ः५२ बजेसम्म रोग बेला
बिहान ६ः५२ बजेदेखि ८ः३५ बजेसम्म उद्धेग बेला
बिहान ८ः३५ बजेदेखि १०ः१८ बजेसम्म चर बेला
बिहान १०ः१८ बजेदेखि १२ः०१ बजेसम्म लाभ बेला
मध्यान्ह १२ः०१ बजेदेखि १ः४३ बजेसम्म अमृत बेला
दिनमा १ः४३ बजेदेखि ३ः२६ बजेसम्म काल बेला
दिनमा ३ः२६ बजेदेखि ५ः०९ बजेसम्म शुभ बेला
दिनमा ५ः०९ बजेदेखि ६ः५२ बजेसम्म रोग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः५२ बजेदेखि ८ः०९ बजेसम्म उद्धेग बेला
राति ८ः०९ बजेदेखि ९ः२६ बजेसम्म चर बेला
राति ९ः२६ बजेदेखि १०ः४३ बजेसम्म लाभ बेला
राति १०ः४३ बजेदेखि १२ः०० बजेसम्म अमृत बेला
राति १२ः०० बजेदेखि १ः१८ बजेसम्म काल बेला
राति १ः१८ बजेदेखि २ः३५ बजेसम्म शुभ बेला
रातिमा २ः३५ बजेदेखि ३ः५२ बजेसम्म रोग बेला
रातिमा ३ः५२ बजेदेखि ५ः०९ बजेसम्म उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button