नेपालमा ‘रेमल’ चक्रवातको प्रभाव कायमै, आज कहाँ-कहाँ होला वर्षा ?

पोखरा । नेपालमा स्थानीय वायुसँगै देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको प्रभाव कायमै रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको गण्डकी, कोशी, मधेश, बागमती र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।

गण्डकी र बागमती प्रदेशको थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो गण्डकी, कोशी, मधेश र बागमती प्रदेशमा साधारण बदली तथा बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी, कोशी र बागमती प्रदेशका केही स्थानमा तथा मधेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button