पोखराको जाल्पारोडमा शिशु भेटियो

पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ जाल्पारोडमा नवजात शिशु फेला परेको छ ।

सोमबार दिउसो १२ः४५ बजे स्थानीय नारायण सुवेदीको घरको ढोकामा शिशु फेला परेको हो ।

शिशु फेला परेको जानकारी पाउने बित्तिकै अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले उद्धार गरि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।

शिशुको सबै अवस्था मध्यम रहेको प्रहरीले जनाएको ।

अपरिचित व्यक्ति आएर शिशु ढोकामा छोडेर गएको बताइन्छ । यस सम्बन्धमा वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button