
पाल्पा । पाल्पामा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ का २७ वर्षीय मुकेश महतो छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले आइतबार साँझ पक्राउ गरेको हो ।
उनले रम्भा गाउँपालिका-५ स्थित होटलमा शनिबार राति ३५ वर्षीया महिलालाई बलात्कार गरेको उजुरी छ ।
सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





