पोखरा-मुग्लिन सडक : पोखरा खण्डमा कालाेपत्र हुँदै

  • पोखरा न्यूज
  • २०८१ जेष्ठ १६
पोखरा-मुग्लिन सडक : पोखरा खण्डमा कालाेपत्र हुँदै

|फाइल तस्बिर

पोखरा । पोखरा-मुग्लिन सडक विस्तार परियोजनाले पोखरा खण्डमा सडक कालाेपत्र गर्ने तयारी गरेको छ ।

पछिल्लो समय तीव्रताका साथ काम भइरहेको यस खण्डमा कालाेपत्र सुरु गर्ने परियोजनाले जनाएको हो ।

कालाेपत्रका लागि तयारी गरिएको चाउथे क्षेत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अवलोकन समेत गरेका छन् ।

सोक्रममा उनले सडक निर्माणसँगै आवागमनमा बाधा नपर्ने गरी सहज आवतजावतको व्यवस्थापन गर्न निर्माण पक्षलाई निर्देशनसमेत दिए ।

घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्याका कारण नागरिकलाई सास्ती भएको भन्दै यसको उचित व्यवस्थापन गर्न उनले निर्देशन दिएका हुन् ।

निर्माण कार्य अझ तीव्र गतिमा गर्न र गुणस्तरमा कुनै प्रकारको कमजोरी नगर्न उनले सुझावसमेत दिए ।

सडक निर्माण कार्यमा सहजताका लागि पोखरा महानगरपालिकाले परियोजनासँग निरन्तर समन्वय गरिरहेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस