
सुर्खेत । सुर्खेतमा आज बिहानै जीप दुर्घटना हुँदा चार जनाको मत्यु भएको छ । मृत्यु हुनेको पहिचान खुल्न बाँकी छ ।
सुर्खेतबाट कालीकोट जाँदै गरेको भे१च २५६० नम्बरको जीप वीरेन्द्रनगरस्थित रातानाङला नजिकै दुर्घटना भएको हो ।
प्रहरीका अनुसार जीप सडकबाट तीन सय मिटर तल खसेको छ ।
जीपमा आठ जना सवार रहेको अनुमान गरिएको छ ।
अहिलेसम्म दुई जनाको शव उद्धार गरेर सडकमा ल्याइएको र बाँकी दुई जनाको ल्याउने तयारी भइरहेको छ ।
बाँकीको खोजी कार्य भइरहेको उनले बताए ।





