सुनको मूल्यमा भारी वृद्धि

पोखरा । आज बिहीबार सुनको भाउ भारी वृद्धि भएको छ ।

मूल्य बढेसँगै छापावाला सुनको भाउ प्रतितोला एक लाख ४० हजार पाँच सय रुपैयाँ तय भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा दुई हजार तीन सय रुपैयाँ बढी हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि बजेटले भन्सार दर १५ प्रतिशतबाट २० प्रतिशत पु¥याएपछि अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि नेपालमा बढेको हो ।

थपिएको भन्सार दरले मात्रै करिब तोलामा छ हजार रुपैयाँ मूल्यमा असर परेको उनले बताए । नेपाली बजारमा चाँदीको भाउ आज प्रतितोला एक हजार नौ सय रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button