कास्की कांग्रेसको प्रशिक्षण सप्ताह कार्यक्रम सुरु

पोखरा । नेपाली कांग्रेस कस्कीले प्रशिक्षण सप्ताह कार्यक्रम सुरु गरेको छ । प्रशिक्षण प्रत्येक दिन तीन सत्रमा सञ्चालन हुनेछ । प्रशिक्षणको मूल संयोजकमा पार्टी उपसभापति एवं प्रशिक्षण शाखा संयोजक रामबाबु भण्डारी छन् ।

जसमा पहिलो सत्रमा राजनीतिक साक्षरताको अर्थ र महत्व, नेपाली कांग्रेसको आदर्शबारे छलफल हुनेछ । दोस्रो सत्रमा राजनीतिमा निष्ठाको महत्व, बीपी शिक्षाको महत्व र अर्थ, तेस्रो सत्रमा आफै माथिको लगानीका बारेमा प्रशिक्षण दिइनेछ । कांग्रेस पार्टी कार्यालयको सभाहलमा हुने सबै दिनको प्रशिक्षण पुरुषोत्तम दाहालले दिने पार्टी प्रवक्ता युवक लामिछानेले जानकारी दिए ।

प्रशिक्षणअन्तर्गत पहिलो दिन आज जिल्ला, क्षेत्रीय, प्रदेश र पालिका कार्यसमितिका पदाधिकारी सहभागी थिए । आजको प्रशिक्षणको सहजीकरणका लागि पार्टीका सहसचिव नवीन सिग्देल संयोजक, कपिलमणि दाहाल र तारादेवी गुरुङ सदस्य रहेको समितिले सहजीकरण गरेका थिए ।

दोस्रो दिन जेठ १८ गते शुक्रबारको प्रशिक्षणमा कास्कीका ७२ वटै वडाका सभापति सहभागी हुनेछन् । यसका लागि सचिव भानु ढकाल संयोजक, सुरेन्द्र अधिकारी र विकास थापा सदस्य रहेको समितिले सहजीकरण गर्नेछन् ।

तेस्रो दिन शनिबारको प्रशिक्षणमा कांग्रेसका तर्फबाट निर्वाचित हुने जनप्रतिनिधि सहभागी हुँदैछन् । यस दिनको प्रशिक्षणमा सचिव देवेन्द्र रानाभाट संयोजक, धनमाया गुरुङ र वेदहरि तिमिल्सिना सदस्य रहेर सहजीकरण गर्नेछन् ।

चौथो दिन आइतबारको प्रशिक्षणमा तरुण दल र नेविसंघका नेता कार्यकर्ता सहभागी हुनेछन् । यसका लागि सहसचिव शंकर ढुंगाना संयोजक, वर्षाकेशव पराजुली र दीपक गुरुङ (माइला) सदस्य रहेर सहजीकरण गर्नेछन् ।

पाचौँ दिन सोमबार नेपाल दलित संघमा आवद्ध नेता कार्यकर्ता सहभागी हुनेछन् । यसका लागि प्रवक्ता युवक लामिछाने संयोजक, मनबहादुर लाम्गादे र सरिता तिमिल्सिना सदस्य रहेको समितिले सहजीकरण गर्नेछन् ।

छैठौं दिन मंगलबारको प्रशिक्षणमा नेपाल महिला संघका नेता कार्यकर्ता सहभागी हुनेछन् । यसका लागि उपसभापति युवराज कुँवर संयोजक, सीता गुरुङ र मीना पाण्डे सदस्य रहेको समितिले सहजीकरण गर्नेछ ।

अन्तिम दिन बुधबार नेपाल जनजाति महासंघमा आवद्ध नेता कार्यकर्ता सहभागी हुनेछन् । यस दिनमा कोषाध्यक्ष माइकल कर्माचार्य संयोजक, चौबहादुर गुरुङ र आशबहादुर गुरुङ सदस्य रहेको समितिले सहजीकरण गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button