नेपालमा एकै पटक तीन वायुको प्रभाव, कस्तो हाेला आजको मौसम ?

  • पोखरा न्यूज
  • २०८१ जेष्ठ १८
नेपालमा एकै पटक तीन वायुको प्रभाव, कस्तो हाेला आजको मौसम ?

पोखरा । नेपालमा एकै पटक तीन वायुको प्रभाव रहेको छ । जसमा स्थानीय, पश्चिमी र भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल कोशी, मधेस र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो गण्डकी, कोशी, मधेश र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी, कोशी र बागमती प्रदेशका थोरै स्थान तथा मधेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

गण्डकी, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति गण्डकी, कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस