
पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीको दोस्रो नगर अधिवेशन आजदेखि सुरु हुँदैछ ।
कार्यक्रम पोखरा सभागृह हलमा हुनेछ । अधिवेशनका लागि सभागृह हल झकिझकाउ पारिएको छ ।
अधिवेशन उद्घाटन गर्न एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल केही बेरअघि पोखरा आइपुगेका छन् । एमाले नेताहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
दुई दिन चल्ने अधिवेशनमा करिब पाँच सय जना प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले निकै महत्वका साथ हेरिएको छ ।
अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष र सचिव एक एक जना, उपसचिव दुई जनासहित एकसय एक सदसयीय कमिटी निर्वाचित हुने एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले जानकारी दिएका छन् ।
अधिवेशनका लागि वडा, जनवर्गीय संगठनबाट प्रतिनिधि चयन गरिएको छ । जसमा एक सय १६ सदस्यीय आयोजक कमिटी, ४८ सदस्यीय सल्लाहकार समिति, वडा कमिटी दुई सय ९६, जनवर्गीय संगठनबाट ३७ समेत गरी कुल चार सय ९७ जना प्रतिनिधि रहने छन् ।





