
पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ ज्यामिरकुनास्थित लक्ष्मी आदर्श मावि भूपू विद्यार्थी एसोसिएसनको अध्यक्षमा मदनमुरारी शर्मा निर्वाचित भएका छन् । संस्थाको शनिबार भएको साधारणसभा तथा अधिवेशनले शर्मालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा मन्त्रीलाल उलक, सचिवमा कृष्णप्रसाद बास्तोला, सहसचिवमा ओमकार पाण्डे, कोषाध्यक्षमा कुषलबाबु लामिछाने छन् ।
यस्तै कार्यसदस्यमा धिरज थापा, कविता भुषाल, विजय सापकोटा, उत्तम प्रकाश बराल, मञ्जु भण्डारी, सुनिता लामिछाने छन् ।
संस्थाका अध्यक्ष षडानन्द लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्रमणि लामिछाने, पोखरा-२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, शिक्षक-अभिभावक संघका अध्यक्ष वामदेव शर्मा जमरकट्टेल, प्रधानाध्यापक शिवमणि भण्डारी, संस्थाका सचिव गुमनाथ लामिछानेलगायतले बोलेका थिए ।





