एनप्याव्सनको बुद्धिचालमा कास्की मोडनाइज्डका मितेश र त्रिवेणी पब्लिककी चाहान प्रथम

  • पोखरा न्यूज
  • २०८१ जेष्ठ १९
एनप्याव्सनको बुद्धिचालमा कास्की मोडनाइज्डका मितेश र त्रिवेणी पब्लिककी चाहान प्रथम

पोखरा । नेशनल प्याव्सन कास्कीद्वारा आयोजित दोस्रो अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता छात्रतर्फ कास्की मोडनाइज्डका मितेश थापा, छात्रातर्फ त्रिवेणी पब्लिककी चाहान राइ प्रथम भएका छन् ।

छात्रतर्फ सिद्धार्थ लभडेल बोर्डिङका पृथ्वीराज न्यौपाने द्वितीय, त्रिवेणी पब्लिकका प्रमोद रानाभाट तृतीय र सिद्धिविनायक वोर्डिङका आयश रञ्जितले सान्त्वना स्थान हासिल गरे ।

यस्तै, छात्रातर्फ सिद्धिविनायक बोर्डिङकी सन्ध्या शर्मा द्वितीय, रत्नज्योतिकी श्यामसुधा पराजुली तृतीय र ज्ञानज्योति विद्याकुञ्जकी जेशिका गुरुङले सान्त्वना स्थान हासिल गरिन् ।

एन प्याव्सनमा आवद्ध विद्यालयका विद्यार्थीवीच भएको प्रतियोगितामा ८० विद्यार्थी सहभागी थिए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यार्थीको विभिन्न क्षमताको बौद्धिकता निखार्ने काम बुद्धिचाल प्रतियोगिताले गर्ने बताए ।

एन प्याव्सनले गर्ने हरेक गतिविधि उत्कृष्टता रहेको भन्दै उनले यो प्रतियोगिताले विद्यार्थीको आत्मविश्वास, सिर्जनशीलता र धैर्य गर्ने शक्तिको विकास हुने उल्लेख गरे ।

नेशनल प्याव्सन कास्की अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य तथा कार्यक्रम संयोजक शिवराज पौडेलले गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस