पोखराको शान्तिवनबाटिकमा अक्षत्रयात्री

  • पोखरा न्यूज
  • २०८१ जेष्ठ १९
पोखराको शान्तिवनबाटिकमा अक्षत्रयात्री

पोखरा । पोखराबाट सञ्चालित पर्यटन साहित्यिक अभियान अक्षरयात्राको दुई सय ११औँ शृङ्खला शनिबार पोखरास्थित शान्तिवनबाटिकामा सम्पन्न भयो ।

अक्षरयात्रा गजल सन्ध्या, पोखरा र नवनीत साहित्य सागरले संयुक्तरुपमा हरेक महिना तेस्रो शनिबार सञ्चालन गर्दै आएका छन् ।

अक्षरयात्रा कवि र लेखकले कुनै स्थानमा पुगेर तत्स्थानीय रचना प्रस्ततु गर्ने कार्यक्रम हो ।

दुई सय ११औँ शृङ्खलामा पूर्वअध्यक्ष रुपिन्द्र प्रभावी, मुक्तक मञ्चका केन्द्रीय अध्यक्ष रामजीप्रसाद आचार्य, विष्णु सुवेदी, करणकपुर खनाल, नितिन कुँवर, माधव खतिवडालगायतले रचना वाचन गरे ।

साहित्यकारले समाज, राजनीति र जीवनसँग सम्बन्धित रचना प्रस्तुत गरे । उनीहरूले अक्षरयात्राले नयाँ पुस्तालाई पुराना पुस्तासँग नजिक हुने र साहित्यिक संगतले गर्ने अवसर प्रदान गर्ने बताए ।

सन्ध्याका उपाध्यक्ष कपिल शर्माले अक्षरयात्रालाई थप व्यवस्थित बनाउन प्रयास गरिने बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस