पोखरा । तनहुँको घिरिङमा आयोजित बृहत् स्वास्थ्य शिविरमा सात सय ५५ जनाले सेवा लिएका छन् । पोखरास्थित युनाइटेड क्लबले घिरिङ गाउँपालिका वडा नं ३ रानीपोखरीमा शिविर आयोजना गरेको हो ।
शिविरमा हाडजोर्नी, नशा, स्त्रीरोग, नाक, कान घाँटी, बालरोग, दन्तरोग लगायतको परीक्षण गरिएको थियो । सो अवसरमा दुई सय दुई जनाको सुगर परीक्षण, दुई सय २२ जनाको इसिजी, भिडियो एक्सरे गरिएको थियो ।
शिविरमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ सहप्रध्यापक डा. झपिन्द्र पोखरेल, स्त्रीरोग विशेषज्ञ डा. नारायण ओझा, रेडियोलोजिष्ट सहप्रध्यापक डा. रोशन पंगेनी, जनरल सर्जन डा. आनन्द भट्टराइ, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. दिनेश विक, पेट छाती मुटुरोग विशेषज्ञ डा. सुदर्शन सुवेदी, डा उज्ज्वल शाह, डा. ओशिन ढकाल, डा. सागर अधिकारी, शोभाखर पाण्डे, नरहरि पनेरु, सुवास सुवेदी, इश्वर शर्मा, सृजना पौडेल, सन्दिप केसी, सुस्मिता घमाल, ममता थापा, विपना थापा, प्रतिमा गुरुङ, निशानी खत्री, सन्देश पौडेल, डिलबहादुर क्षेत्री, विजय खड्का, सम्झना पौडेललगायतले सहजीकरण गरेका थिए ।
साथै शिविरमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर रानीपौवा, नरहरि पोलिक्लिनिक रामबजार र एसिया ओरल एण्ड डेण्टल केयर प्रालि जिरो किमिको प्राविधिक सहयोग रहेको थियो ।
कार्यक्रममा घिरिङ गाउँपालिका अध्यक्ष होमबहादुर थापाले शिविर ग्रामीण भेगका जनताका लागि निकै महत्वपूर्ण भएको बताए । ग्रामीण भेगका जनता कृषिमा निर्भर हुँदा बिरामी हुँदा पनि स्वास्थ्य उपचारका लागि जान नभ्याउने बताए ।
युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले क्लबले स्थापनाकालदेखि बर्सेनि ग्रामीण भेगमा शिविर आयोजना गर्दै आइरहेको बताए ।
कार्यक्रममा गाउँपालिकाका पूर्वअध्यक्ष रनबहादुर राना, युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी तथा नशारोग विभागका प्रमुख सहप्रध्यापक डा. झपिन्द्र पोख्रेल, हाडजोनी तथा नशारोग विशेषज्ञ डा दिनेश विकले बोलेका थिए ।
क्लवका कार्यसमिति सदस्य तथा स्वास्थ्य शिविर कार्यक्रम संयोजक जयराम आचार्यले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले स्वागत गरेका थिए ।
कार्यक्रममा क्लब पूर्वअध्यक्ष शुकबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष गणेश तिमिल्सिना, कोषाध्यक्ष सूर्यबहादुर बानियाँ, सदस्य सन्तोष कार्की, शिव थापा, शान्ति सुवेदी, आजीवन सदस्य सुशिला श्रेष्ठ, रिम क्षेत्रीलगायत सहभागी थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution