
पोखरा । जापानमा आज बिहानै ५दशमलव९ म्याग्निच्युडको भूकम्प गएको छ ।
सो भूकम्प इशिकावा प्रान्तमा गएको समाचार एजेन्सी एनएचकेले जनाएको छ ।
आज बिहान स्थानीय समयअनुसार करिब साढे ६ बजेतिर भूकम्पको पहिलो धक्का महसुस भएको थियो ।
पहिलो धक्का ५.९ म्याग्निच्युडको र दोस्रो धक्का ४.८ म्याग्निच्युडको मापन भएको थियो ।
भूकम्पबाट कुनै क्षति नभएको बताइएको छ ।





