
पोखरा । पोखरा महानगरपालिका वडा नं ६ द्वारा आयोजित खाजाका परिकार बनाउने सीपमूलक तथा आयमूलक तालिम सकिएको छ ।
जनजाति, अल्पसंख्यक उत्पीडित, मुस्लिम, दलित र निम्न आय भएका बेरोजगार तथा गृहिणीलाई लक्षित गरी तालिम आयोजना गरिएको हो ।
पाँच दिन सञ्चालित तालिममा ६० जना महिला सहभागी भएको वडाध्यक्ष विष्णुबहादुर भट्टराईले जानकारी दिए । किंग्स इन्टरनेशन कलेज पोखरा शाखाले तालिममा सहजीकरण गरेको थियो ।
तालिममा सहभागीलाई मःम, चाउमिन, समोसा निम्कीन, रसबरी र तन्दुरी रोटी बनाउन सिकाइएको थियो ।
तालिम समापनमा वडाध्यक्ष भट्टराईले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरे । उनले तालिमले बेरोजगारी समस्या न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रम संयोजक एवं वडासदस्य शोभा जलारीले जीवन सिकाई र भोगाई भएको भन्दै जसले सिक्छ उसले अवश्य कमाउने दावी गरिन् ।
वडासदस्य वासु बरालले तालिममा सिकेका सीप व्यवहारमा लागू गरी लाभ लिन सकेमात्रै तालिमको औचित्य पूरा हुने बताए ।
कार्यक्रममा वडासदस्य दीपेन्द्र पहारी, वडासचिव रामबहादुर खत्री, अर्मिता गुरुङ श्रेष्ठ, प्रशिक्षक ओमप्रसाद गुरुङ, बिनु गुरुङ, प्रशिक्षार्थी रमा लामिछाने, भागीरथी थापा, दुर्गा थापा, सुनिता परियार, विष्णुमाया परियार लामिछाने र भगवती बानियाले बोलेका थिए ।





