उदयपुर । उदयपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
चौदण्डीगढी नगरपालिकाको बेल्टारबाट गाइघाटतर्फ आउँदै गरेको प्रदेश १-०२-००१ ख ८५१४ नम्बरको गिट्टी बोकेको टिप्परले विपरीत दिसाबाट जाँदै गरेको प्रदेश १-०२-०५२ प ३९५८ नम्बरको मोटरसाइकललाई आज त्रियुगा नगरपालिका-१ फुलजोरमा ठक्कर दिएको प्रहरी निरीक्षक विद्यालाल साहले जानकारी दिए ।
मृत्यु हुनेमा मोटरसाइकल चालक बेलका नगरपालिका-१ का ३० वर्षीय रवीन श्रेष्ठ र मोटरसाइकलमा सवार त्रियुगा-३ का २४ वर्षीय विरा राई रहेका छन् ।
प्रहरी निरीक्षक साहका अनुसार टिप्पर चालक त्रियुगा-७ का ३१ वर्षीय भीमबहादुर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution