नेपालीको ‘भुत्ते गाँठो’ युकेमा परिचर्चा

पोखरा । कथाकार हरिचन्द्र नेपालीद्वारा लिखित प्रेम र विभेदमा आधारित कथा संग्रह ‘भुत्ते गाँठो’ माथि बेलायतमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

बेलायतको कोभेन्ट्री सहरमा आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, साहित्यिक र बौद्धिक व्यक्तित्वको उपस्थितिमा परिचर्चा गरिएको हो ।

एनआरएन युकेका प्रमुख संरक्षक शेरबहादुर सुनारको सभापतित्वमा भएको कार्यक्रम भएको हो ।

कार्यक्रममा साहित्यकार विजय हितान (ब्रयन) ले कथा संग्रह भुत्ते गाठोबारे समालोचन गरेका थिए ।

अतिथि साहित्यकार भरतकुमार श्रेष्ठ (विवस), नोप्स युरोपका अध्यक्ष अर्जुन सुनार, कोभेन्ट्री नेपाली समाजका अध्यक्ष सन्तोष रेग्मी, सुनगाभा सांस्कृतिक समूहका प्रताप दर्जी, गीतकार बाबुराम भुसाल, बौद्धिक व्यक्तित्व डा. प्रदिप लामिछाने, डा. नीता पौडेललगायतले कथाकार हरिश्चन्द्र नेपालीले सामाजिक विषयलाई उठान गरी कृति प्रकाशन गरेकोमा प्रशंसा गरे ।

यस्तै, समाजसेवी सुवास अधिकारी, नवीन गौतम, प्रकाश आचार्य, एलीना संग्रौलालगायतले कथा संग्रहबारे टिप्पणी गरेका थिए ।

कथाकार नेपालीले कथा लेखिनुको कारणबारे जानकारी गराएका थिए भने ललित परियारले कार्यक्रम सञ्चालन गरेका थिए ।

पुस्तक बिक्रीबाट आएको रकम शतप्रतिशत कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकस्थित जनजागरण सामुदायिक नमुना विद्यालयलाई सरस्वती भक्त मेमोरियल ट्रष्ट पोखरामार्फत प्रदान गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button