
पोखरा । टी-२० विश्वकप क्रिकेटमा नेपालले अमेरिकाको डालास मैदानमा नेदरल्याण्ड्ससँग खेल्दैछ ।
खराब मौसमका कारण केही समय ढिला भएको खेलमा नेदरल्याण्ड्सले टस जितेर पहिले बलिङ रोजेको छ ।
नेदरल्याण्ड्सले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ ।
समूह डीमा रहेको नेपाल र नेदरल्याण्ड्स विश्वकपमा पहिलो पटक आमने सामने भइरहेका हुन् ।
अहिलेसम्म आपसमा भएका टी-२० मा नेदरल्याण्ड्सले ६ तथा नेपालले ५ खेल जितेको छ ।
खेल निकै नै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
यद्यपि डालासमा नेपालले यसअघिदेखि नै अभ्यास गरेको र त्यहाँका स्थानीय टिमसँग अभ्यास पनि गरेकाले नेपालले जितसहित प्रतियोगितामा सुखद शुरुआत गर्ने अपेक्षा गरिएको छ ।
यो समूहमा नेपाल र नेदरल्याण्ड्ससहित दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश रहेका छन् ।





