
पोखरा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष मोदीले राजीनामा बुझाएका हुन् ।
उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मोदी मन्त्रिपरिषद्को अन्तिम बैठक आजै बिहान ११.३० बजे बसेको थियो । जसमा सरकारले तेस्रो पटक विजयी भएकोमा धन्यवाद प्रस्ताव पारित गरेको छ ।
बैठकले १७ औँ लोकसभा विघटन गर्न सिफारिस गरेको थियो । त्यसपछि मोदी राष्ट्रपति भवन गएर राजीनामा बुझाएका हुन् ।
यद्यपि मोदी पुनः प्रधानमन्त्री बन्न सक्ने आधारहरु केलाएर सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका छन् । लोकसभाको ठूलो दलको नेताको हैसियतमा उनले जुन ८ मा प्रधानमन्त्रीको शपथ लिन सक्ने आजतकले उल्लेख गरेकाे छ ।
त्यसका लागि सबै एनडीए सांसदहरूबाट हस्ताक्षरहरू प्राप्त गरिएको छ । जेडीयूका प्रवक्ता केसी त्यागीले जुन ७ मा संसदको सेन्ट्रल हलमा एनडीएका सबै सांसदको बैठक हुने बताए ।
लोकसभा चुनावमा बीजेपीले दुई ४० सिट जितेको छ । यो बहुमत सङ्ख्या (२७२) भन्दा ३२ सिट कम हो । तर, एनडीएले दुई ९२ सिटका साथ बहुमत हासिल गरेको छ ।





