पोखराको नेशनल क्रियशन एकेडेमीका विद्यार्थीद्वारा वृक्षरोपण र सरसफाई

  • पोखरा न्यूज
  • २०८१ जेष्ठ २३
पोखराको नेशनल क्रियशन एकेडेमीका विद्यार्थीद्वारा वृक्षरोपण र सरसफाई

पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ नागढुंगास्थित नेशनल क्रियशन एकेडेमीका विद्यार्थीले विद्यालय प्रांगणमा वृक्षरोपण र वरपर सरसफाई गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा विद्यार्थीले वृक्षरोपण र सरसफाई गरेका हुन् ।

सो अवसरमा विद्यार्थीले वातावरण जोगाउने उपाय र यसबाट हुने फाइदा समेटेर तयार गरेका प्लेकार्डसहित सचेतनामूलक र्‍याली प्रदर्शन गरेका भाइस प्रिन्सिपल विक्रम थापाले जानकारी दिए ।

कार्यक्रम उद्घाटन गर्दै विद्यालयका प्राचार्य ज्ञानेन्द्र थापाले वातावरण संरक्षण गर्न र विद्यार्थीमा व्यवहारिक ज्ञान हासिल गर्न वृक्षरोपण र सरसफाई महत्वपूर्ण भएको बताए । उनले वातावरणप्रति सबै सचेत हुन आवश्यक रहेको स्पष्ट पारे ।

कार्यक्रममा शिक्षक-शिक्षिकाले सहजीकरण गरेका थिए ।

अन्तर्राष्ट्रिय नारा ‘भूमि पुनःस्थापना, मरुभूमिकरण र खडेरी विरुद्ध लड्न लचिलो समुदाय’, ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने राष्ट्रिय नाराका साथ आज विश्व वातावरण दिवस मनाइएको हो ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ ।

सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

तस्बिरहरु



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस