
पाेखरा। टी-२० विश्वकप क्रिकेटमा भारतले शानदार शुरुआत गरेको छ ।
भारतले गएरातिको खेलमा कमजोर आयरल्याण्डमाथि आठ विकेटको जित हासिल गरेको हो ।
न्यूयोर्कमा भएको खेलमा पहिले ब्याटिङ गरेको आयरल्याण्डले १६ ओभरमा अलआउट हुँदै ९६ रन बनायो ।
ग्यारेथ डेलानीले सर्वाधिक २६ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा हार्दिक पाण्डेयाले २३ रन खर्चेर तीन तथा जसप्रित बुमराहले छ रन खर्चेर दुई अनि अर्षदीप सिंहले ३५ रन खर्चेर दुई विकेट लिए ।
जवाफमा भारतले रोहित शर्मा रिटायर्ट हर्ट हुनुपूर्व ३७ बलमा ५२ तथा ऋषभ पन्तले २६ बलमा अविजित रहँदै ३६ रन बनाएसँगै १२दशमलव दुई ओभरमै दुई विकेटको क्षतिमा जित हासिल गर्यो ।
समूह एमा रहेको भारत दुइृ अंकसहित शीर्ष स्थानमा छ ।
अमेरिका पनि दुई अंकबाट दोस्रो स्थानमा छ क्यानडा र आयरल्याण्ड अंकविहीन छन् । पाँचौँ टिम पाकिस्तान हो ।





