पाेखरा । आज बिहीबार शनिको विशेष दिनका रुपमा मानिने शनि जयन्ती परेको छ । ज्येष्ठकृष्ण औँशीको दिन शनि जयन्तीको रूपमा मनाउने गरिन्छ ।
यस दिन शनिदेवको पूजा एवं आराधना गर्नाले सम्पूर्ण शनिको ग्रहजन्य दुश्प्रभाव र अशुभफल नाश भई मनोवाञ्छित शुभफल मिल्ने शास्त्रीय कथन छ । शनिको दशा लाग्दा मानिसहरूले अत्यन्तै दुःख भोग्नुपर्ने हुन्छ ।
यस दिन शनिलाई प्रशन्न पार्न सकेमा शनिको दोष निवारण हुने र शनि प्रसन्न भई संकटमुक्त भइने धार्मिक मान्यता छ । तसर्थ शनि जयन्तीका दिन शनिको उपासना एवं विभिन्न उपायका काम गर्नुपर्दछ ।
नवग्रहमध्ये सबैभन्दा शक्तिशाली सर्वश्रेष्ठ ग्रह शनिदेव यमराज, यमुना, भद्राका भाइ हुन् । कालो वस्त्र पहिरिने रात्रि बलशाली भएका शनिको बार शनिबार हो ।
पश्चिम दिशाका स्वामी शनिलाई अंग्रेजीमा सैटर्न, उर्दूमा जुदूल, फारसीमा केदवान, अरबीमा जुहुल भनिन्छ भने संस्कृतमा शनि । शनिको दशवटा प्रसिद्ध नाम यम, बभ्रु, पिप्पलाश्रय, कौणस्थ, सौरी, शनैश्चर, कृष्ण, रोद्रान्तक, मन्द र पिंगल हुन् ।
यस्तै, पौराणिकशास्त्रका अनुसार अन्य प्रसिद्ध नाम यमागज, रविपुर, सूर्यपुत्र, दापातंयज, अकैसुवन, असित सौकि, नीलकाय, क्रूर कुशाग, कपिलाक्ष र पंगु पनि हुन् । शनि देवले आफ्नो शुभ प्रभाव विशेष गरेर कानुन, राजनीति र अध्यात्मका विषयमा दिने गर्छन् ।
महादेवको वरदान अनुसार सबै देवता र ग्रहमध्ये सर्वश्रेष्ठ र शक्तिशाली भई एउटै मात्र न्यायाधीश र दण्डाधिकारी हुन सकेका शनि देवको दुःख, कष्ट र दर्दनाक कहानी उल्लेखनीय छ । ब्रह्मपुराण अनुसार शनि बालककालदेखि नै भगवान श्रीकृष्णका अनन्य भक्त थिए ।
शनिको दुष्प्रभावले अनेकौं समस्या झेलिरहेका छन्, उनीहरूका लागि शनि जयन्ती कल्याणकारी अनि रामवाण सिद्ध हुन सक्छ । जसको जन्म कुन्डली, वर्ष कुन्डली, गोचरदशा, महादशा, अन्तरदशा, प्रत्यान्तरदशा, सुक्ष्मप्रत्यान्तरदशा, अढैया, साढेसाती आदिमा शनिको कुदृष्टि भई अप्रिय फल एवं आफ्नो भाग्यमा रोकावटका साथै अनेकन समस्याबाट पीडित हुनेलाई शनि जयन्तीका दिन शनिदेवलाई प्रशन्न पार्न सके मनोवाञ्छित फल मिल्ने शास्त्रोक्त कथन छ ।
नवग्रहमध्ये सबैभन्दा शक्तिशाली सर्वश्रेष्ठ ग्रह शनिदेव यमराज, यमुना, भद्राका भाइ हुन् । कालो वस्त्र पहिरिने रात्रि बलशाली भएका शनिको बार शनिबार हो ।
पश्चिम दिशाका स्वामी शनिलाई अंग्रेजीमा सैटर्न, उर्दुमा जुदूल, फारसीमा केदवान, अरबीमा जुहुल भनिन्छ भने संस्कृतमा शनि ।
शनिको दशवटा प्रसिद्ध नाम यम, बभ्रु, पिप्पलाश्रय, कौणस्थ, सौरी, शनैश्चर, कृष्ण, रोद्रान्तक, मन्द र पिंगल हुन् ।
यस्तै, पौराणिकशास्त्रका अनुसार अन्य प्रसिद्ध नाम यमागज, रविपुर, सूर्यपुत्र, दापातंयज, अकैसुवन, असित सौकि, नीलकाय, क्रूर कुशाग, कपिलाक्ष र पंगु पनि हुन् । शनि देवले आफ्नो शुभ प्रभाव विशेष गरेर कानुन, राजनीति र अध्यात्मका विषयमा दिने गर्छन् ।
महादेवको वरदान अनुसार सबै देवता र ग्रहमध्ये सर्वश्रेष्ठ र शक्तिशाली भई एउटै मात्र न्यायाधीश र दण्डाधिकारी हुन सकेका शनि देवको दुःख, कष्ट र दर्दनाक कहानी उल्लेखनीय छ । ब्रह्मपुराण अनुसार शनि बालककालदेखि नै भगवान श्रीकृष्णका अनन्य भक्त थिए ।
को हुन् शनिदेव ?
शनिदेव भगवान् सूर्य र छाँयाको पुत्र हुन् । शनिलाई सौर्यमण्डलको सबैभन्दा टाढाको ग्रह र बृहस्पतिपछिको सबैभन्दा ठूलो ग्रह मानिन्छ । शनि तुला राशिमा उच्च र मेष राशिमा नीच हुन्छ ।
कुण्डलीमा तेस्रो, सातौँ र दशौँ स्थानमा शनिको पूर्णदृष्टि रहन्छ । बुध र शुक्र शनिका मित्रग्रह हुन् । बृहस्पति सम हो भने सूर्य, चन्द्र र मंगलग्रह शत्रु हुन् । शनि ग्रह वायु तत्व र पश्चिम दिशाका स्वामी हुन् ।
शनिको अधिदेवता प्रजापति र प्रत्यधिदेवता यम हो । शनिको वर्ण कृष्ण छ । शनिको शीरमा स्वर्ण-मुकुट र निलो वस्त्र धारण गर्नुभएको उहाँ गिद्दमा सवारी गर्नुहुन्छ ।
शनिको पौराणिक मन्त्र
ऊँ ह्रिं नीलांजनसमाभासं रविपुत्रं यमाग्रजम ।
छाया मार्तण्डसम्भूतं तं नमामि शनैश्चरम् ।।
शनिको वैदिक मन्त्र
ऊँ शन्नोदेवीर – भिष्टयऽआपो भवन्तु पीतये शंय्योरभिस्त्रवन्तुनः ।
शनिको तान्त्रिक मन्त्र
ऊँ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः ।
शनिको मुख्य मन्त्र
ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः ।
शनिको सामान्य मन्त्र
ॐ शं शनैश्चराय नमः ।
शनि गायत्री मन्त्र
ऊँ भगभवाय विद्महैं मृत्युरुपाय धीमहि तन्नो शनिः प्रचोद्यात् ।