पोखरा । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य एक लाख ४४ हजार रुपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो दिन अर्थात बुधबार भन्दा प्रतितोला एक हजार आठ सय रूपैयाँ बढी हो ।
मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज बिहीबार चाँदीको मूल्य पनि बढेको छ । मूल्य बढेसँगै चाँदी प्रतितोला एक हजार आठ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य बुधबारको तुलनामा प्रतितोला २५ रूपैयाँ बढी हो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution