पोखरा । पोखरामा ठकुरी महिला परिवारका सदस्यलाई उद्घोषण तथा नेतृत्व विकास तालिम प्रदान गरिएको छ । तालिममा ठकुरी महिला परिवारमा आवद्ध ४० जना महिला सहभागी थिए ।
तालिम उद्घाटन गर्दै पोखरा-१७ की वडाध्यक्ष राधिका शाही योगीले महिलाको क्षमता अभिवृद्धिका लागि जीवन उपयोगी तालिम सञ्चालन गरेको बताइन् ।
तालिमले बोल्ने कला, कार्यक्रम सञ्चालनदेखि नेतृत्व विकासमा सहयोग पुग्ने उनको विश्वास छ ।
प्रशिक्षक एवं सञ्चारकर्मी घनश्याम पाण्डेयले तालिमले आत्मविश्वाससँगै क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताए ।
पाण्डेयले हरेक ठाउँमा बोल्ने कला, नेतृत्व विकास, उद्घोषण कला आवश्यक हुने स्पष्ट पारे ।
ठकुरी महिला परिवारका अध्यक्ष सरस्वती हमालले एक दिनको तालिममा पनि आफूहरूले धेरै कुरा सिक्न पाएको भन्दै सिकेका सीप र ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरिन् ।
परिवारका अध्यक्ष हमालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव लक्ष्मी हमाल खाँण ठकुरी, ठकुरी संगम परिवारका अध्यक्ष शेरबहादुर उच्चैलगायतले बोलेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution