अन्नपूर्ण रोटरीद्वारा पोखराका दुई विद्यालयलाई सहयोग

  • पोखरा न्यूज
  • २०८१ जेष्ठ २५
अन्नपूर्ण रोटरीद्वारा पोखराका दुई विद्यालयलाई सहयोग

पोखरा । रोटरी क्लब अफ पोखरा अन्नपूर्णले पोखरास्थित दुई विद्यालयलाई सहयोग गरेको छ । पोखरा-३३ बागमारास्थित श्री सत्यसाई विद्याश्रमलाई साइन्स ल्याव सामाग्री र पोखरा-२१ निर्मलपोखरीस्थित जनचेतन माविका विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामाग्री सहयोग गरिएको क्लबका अध्यक्ष तोयबहादुर भट्टराईले जानकारी दिए ।

विज्ञान प्रयोगशालाका लागि एक २० थान साइन्स ल्याव सामाग्री र जनचेतन माविमा अध्ययनरत एक सय ५० भन्दा बढी विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामाग्री प्रदान गरिएको उनले बताए ।

दुवै विद्यालयमा करिब एक लाख ५० हजार रुपैयाँ बराबरको सहयोग गएिको बताइन्छ ।

सत्यसाई विद्याश्रममा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्व खनाल, सन नेपाल लाइफ इन्स्योरेन्स कं.का गण्डकी प्रदेश प्रमुख बाबुराम पौडेल, युवा उद्यमी किरण केसीलगायतले बोलेका थिए ।

यस्तै, जनचेतन माविमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुन पौडल, व्यवस्थापनक समिति अध्यक्ष दुर्योधन गिरी, भूपू विद्यार्थी मञ्चका अध्यक्ष केवल गिरीलगायतले बोलेका थिए ।

रोटरी क्लबका संस्थापक अध्यक्ष देवराज चालिसेले रोटरीले विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको बताए । उनले सुखमा भन्दा दुःखमा हुर्र्किएर पढेका विद्यार्थी पढाईमा तेज हुने भन्दै स्रोत साधन भएन भनेर निराश नहुन आग्रह गरे ।

क्लब अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव निकेशप्रसाद कर्माचार्यले गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस