
पोखरा । टी-ट्वान्टी विश्वकप क्रिकेटमा आयोजक वेष्टइन्डिजले जारी विश्वकपकै सबैभन्दा फराकिलो जित हासिल गरेको छ ।
प्रोभिन्समा आज बिहान भएको खेलमा वेष्टइन्डिजले युगान्डामाथि एक सय ३४ रनको जित हासिल गरेको हो ।
खेलमा वेष्टइन्डिजले पहिले ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय ७३ रन बनायो । जोन्सन चार्लस्ले ४२ बलमा ४४ तथा आन्द्रे रसेलले १७ बलमा अविजित रहँदै ३० रन बनाए ।
जवाफमा युगान्डाले १२ ओभरमा सबै विकेट गुमाएर ३९ रनमात्र बनाउन सक्यो । अकिल हुसेनले ११ रन खर्चेर पाँच विकेट लिए ।
यो जितसँगै वेष्ट इन्डिज सुपर एट नजिक पुगेको छ । समूह सीको वेष्ट इन्डिजको दुई खेलबाट चार अंक भएको छ ।
अफगानिस्तान चार अंकसहित नै शीर्ष स्थानमा छ । यो समूहमा युगान्डाको दुई तथा पपुवान्यूगिनी र न्यूजिल्याण्ड अंकविहीन छन् ।





