
पोखरा । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित आवासीय गाउँले गाइड तालिम सकिएको छ ।
जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजनाको सहयोगमा उक्त तालिम आयोजना गरिएको थियो ।
गण्डकी प्रदेशअन्तर्गतका विभिन्न जिल्लाको प्रतिनिधित्व हुनेगरी आयोजित तालिममा ३१ जना सहभागी भएकोे भिटोफ गण्डकीका अध्यक्ष शोभाकुमारी अधिकारी(सापकोटा) ले जानकारी दिइन् ।
गाउँ पर्यटनको प्रभावकारिता अभिवृद्धिका लागि गाउँले गाइड तालिम आवश्यक महसुस गर्दै तालिम गराइएको उनले बताइन् ।
तालिममा डा. रामजी शर्मा, दीपेन्द्र पहारी, टीकाराम सापकोटा, सरस्वती गौतम, तारानाथ पहारी लगायतले प्रशिक्षण दिएका थिए ।
तालिम समापन समारोहमा पोखरा पर्यटन परिषद्का का.वा.अध्यक्ष कृष्ण भण्डारीले यस किसिमको तालिमले गाउँ पर्यटनको विकासमा विशिष्ट योगदान गर्ने बताए ।
भिटोफ गण्डकीका सल्लाकार गणेशबहादुर भट्टराईले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न आग्रह गरे ।
भिटोफ गण्डकीका अध्यक्ष शोभाकुुुमारी अधिकारी सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रशिक्षक डा. रामजी शर्मा, होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुुुवेदी, टान गण्डकीका उपाध्यक्ष कृष्ण आचार्य, भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी, दीगो पर्यटन परियोजनाका नेशनल प्रोजेक्ट कोअर्डीनेटर श्रद्धा श्रेष्ठ, प्रोजेक्ट म्यानेजर धर्म दवाडी, भिटोफ गण्डकीका सचिव लक्ष्मण सुवेदी, प्रशिक्षार्थी चुडामणि छन्त्याल लगायतले बोलेका थिए ।





