पोखरास्थित न्यु ग्यालेक्सी स्कुलको ‘पोखरा ग्राण्ड एसईई कार्यक्रम’

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३ नदीपुरस्थित न्यु ग्यालेक्सी स्कुलद्वारा आयोजित पोखरा ग्राण्ड एसईई कार्यक्रम २०८१ सम्पन्न भएको छ ।

कार्यक्रमअन्तर्गत फुटसल, बास्केटबल र अनलाइन हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो ।

जसमा फुटसलमा विटी ट्रेनिङ सेन्टर च्याम्पियन बन्दै ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै, उपविजेता बनेको रतुवा एफसीले १५ हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी मेडल प्राप्त गर्यो । फुटसलको उपाधिका लागि १२ टिमले प्रतिस्पर्धा गरेका थिए ।

यसैगरी छात्र वास्केटबलतर्फ कोटगाउँ म्याग्दी च्याम्पियन बनेको छ । विजेता कोटगाउँले २० हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गर्यो । उपविजेता बनेको मिसाले १० हजार रुपैयाँ नगदसहित ट्रफी मेडल प्राप्त गर्यो ।

छात्रा वास्केटबलमा मर्दी हिमाल प्रथम र पश्चिमाञ्चल दोस्रो भएको छ । विजेता मर्दी हिमालले आठ हजार र उपविजेता पश्चिमाञ्चलले पाँच हजार रुपैयाँ नगद पुरस्कार, ट्रफि मेडल प्राप्त गर्यो । वास्केटवल उपाधिका लागि १२ टिमले प्रतिस्पर्धा गरेका थिए ।

यस्तै, अनलाइन हाजिरीजवाफमा अनुशा श्रेष्ठले प्रथम स्थान हासिल गरेकी छन् । उनले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । द्वितीय हुन सफल दिपिका थापाले आठ र तृतीय हुन सफल विपिन अधिकारीले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले शिक्षामा निजी क्षेत्रले गरेको लगानी अतुलनीय रहेको बताइन् ।

विद्यालयका प्राचार्य डा. रामजी शर्माले कार्यक्रमले विद्यार्थीको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

विद्यालयका निर्देशक राजु कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा एनप्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, नेपाल ओलम्पिक कमिटी स्पोर्टस फर अल कमिसन गण्डकी प्रदेशका अध्यक्ष खड्गबहादुर रानाभाट विद्यार्थी संयोजक धनप्रसाद श्रेष्ठ, एसटी क्रियसनका निर्देशक सुरज मगरलगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button