राष्ट्रिय लोक तथा भजन चुड्का संरक्षण प्रतिष्ठान मुस्ताङ अध्यक्षमा पौडेल

पोखरा । राष्ट्रिय लोक तथा भजन चुड्का (संस्कृति) संरक्षण प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा पनि विस्तार भएको छ ।

शनिबार मुस्ताङमा आयोजित एक भेलाले प्रतिष्ठानको अध्यक्षमा नारायण प्रसाद पौडेललाई चयन गरेको छ ।

यस्तै कार्यसमिति उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, महिला उपाध्यक्षमा सीताकुमारी शर्मा ढकाल, सचिवमा सूर्यमोहन दाहाल, कोषाध्यक्षमा रत्नकुमारी शर्मा पौडेल, सहसचिवमा प्रेमप्रसाद पौडेल र सहकोषाध्यक्षमा कमलराज जोशी चयन भए ।

यसैगरी कार्यसमिति सदस्यमा विजयकुमार ठाकुर (महेश), लक्ष्मी पौडेल, योगनाथ रिजाल, हुमनाथ तिवारी, धर्मदत्त पौडेल, रमेश पौडेल, शिवराम आचार्य, शारदा सुवेदी, विनोद बराल, समबहादुर नेपाली, मेघबहादुर खरोजा र मधु सापकोटा छन् ।

यस्तै सल्लाहकारमा चन्द्रबहादुर थकाली, सुन्दरकुमार थकाली र देवीप्रसाद चालिसे छन् ।

प्रतिष्ठानका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज हरिकृष्ण घिमिरे संयोजक, तारा थापा, अनीता पन्त, अुप पाण्डेय र काशीराम पोखरेल सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

निर्वाचित अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरुलाई प्रतिष्ठानका संस्थापक अध्यक्ष प्राज्ञ प्रजापति पराजुलीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

प्रतिष्ठान गण्डकी प्रदेश अध्यक्ष वसन्त बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमका केन्द्रीय उपाध्यक्ष सावित्री त्रिपाठीले स्वागत, गण्डकी प्रदेशका इन्चार्ज एवं केन्द्रीय सदस्य हरिकृष्ण घिमिरेले धन्यवाद ज्ञापन र सञ्चालन केन्द्रीय महासचिव खगेन्द्रराज पराजुलीले गरेका थिए ।

भेलाको संयोजन केन्द्रीय सचिव भरतचन्द्र गौतम र लुम्बिनी प्रदेश अध्यक्ष काशीराम पोखरेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button