विश्वकप क्रिकेट : पाकिस्तानको पहिलो जित, क्यानडा सात विकेटले पराजित

पोखरा । टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित हासिल गरेको छ ।

मंगलबार राति ११ः३० मा सम्पन्न खेलमा पाकिस्तानले क्यानडालाई सात विकेटले पराजित गरेको हो ।

जितका लागि पाएको एक सय सात रनको लक्ष्य पाकिस्तानले १७ दशमलव तीन ओभरमा तीन विकेटको क्षतिमा भेट्टाएको हो ।

पाकिस्तानका लागि मोहम्मद रिजवान र कप्तान बाबर अजमले जितको आधार तयार गरेका थिए ।

यसअघि क्यानडाले २० ओभरमा सात विकेटको क्षतिमा एक सय छ रन बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button