
पोखरा । फिफा विश्वकप-२०२६ तथा एएफसी एसियन कप-२०२७ को संयुक्त छनोटअन्तर्गतको खेलमा नेपालले पहिलो गोल गरेको छ ।
नेपालका लागि सञ्जीव विष्टले गोल गरेका हुन् ।
आफ्नो अन्तिम खेलमा नेपालले यमनसँग प्रतिस्पर्धा गरिरहेको छ ।
साउदी अरबको दम्माममा रहेको प्रिन्स मोहमद विन फहद स्टेडियममा जारी खेलमा नेपाल र यमन दुवैले एक-एक गोलको बराबरी खेलिरहेका छन् ।
यसअघि भएको खेलमा नेपाल यूएईसँग ४-० गोलले पराजित भएको थियो । समूह ‘एच’ मा रहेको नेपालले पाँच खेल खेल्दा गोल गर्न सकेको थिएन ।
नेपाल यूएईसँग भएको दुई खेलमा समान ४-० र बहराइनसँग ५-० र ३-० ले तथा यमनसँग २-० ले पराजित भएको थियो ।





