नेपाल-यमनबीच खेल जारी, नेपाल दुई गोल गर्न सफल

पोखरा । साउदी अरबको दम्माममा रहेको प्रिन्स मोहमद विन फहद स्टेडियममा नेपाल र यमन बीचको खेल जारी छ ।

जारी खेलमा नेपाल दुई गोल गर्न सफल भएको छ । नेपालले खेलको ६५औं मिनेटमा एक गोल थपेको हो ।

जारी खेलमा नेपालको दुई गोल र यमनको एक गोल भएको छ ।

नेपालले एक गोल पहिलो हाफमा गरेको हो । यमनको तर्फबाट खेलको सुरुआतीमै गोल भएको थियो ।

नेपालका लागि सञ्जीव विष्ट र जिलेप्सीजंग कार्कीले गोल गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button