नेपाल-श्रीलंकाबीचको खेल रद्ध

पोखरा । टी-ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत नेपाल र श्रीलंका बीचको खेल रद्द भएको छ ।

खेलमैदानमै रहेका पत्रकार सुवास हुमागाइँले खेल रद्द भएको जनाएको छ ।

लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकि खेल रद्द भएको हो ।

योसँगै नेपाल र श्रीलंकाले १-१ अंक बाँडेका छन् ।

समूह डीमा दक्षिण अफ्रिका सुरुवाती ३ खेलमा ६ अंकका साथ सुपरएटमा पुगिसकेको छ ।

बंगलादेश र नेदरल्यान्ड्सको समान २ खेलमा १ मा जित र १ मा हारसहित २-२ अंक छ ।

नेटरनरेटका कारण बंगलादेश दोस्रो र नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् ।

नेपाल २ खेलमा १ अंकका साथ चौथो स्थानमा छन् ।

श्रीलंका ३ खेलमा १ अंकका साथ पुछारमा छ ।

योसँगै श्रीलंका सुपर एटको होडबाट बाहिरिएको छ ।

नेपालले अब दक्षिण अफ्रिकासँग शनिबार र सोमबार बंगलादेशसँग खेल्नेछ ।

समूह डीबाट शीर्ष दुईमा रहँदै सुपरएटमा पुग्न बाँकी दुबै खेल जित्नैपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button