पोखरामा फुटसल प्रतियोगिता हुने

पोखरा । प्रो फिट्स एफसी पोखरा-१७ कास्कीको आयोजनामा दोस्रो एम्योचर फुटसल प्रतियोगिता हुने भएको छ ।

पोखरा रंगशालामा असार २ गतेदेखि हुने प्रतियोगितामा ४० टिम सहभागी हुने खेल संयोजक साजन रेग्मीले जानकारी दिए ।

प्रतियोगिता विजेताले ७७ हजार सात सय ७७ र उपविजेताले ३७ हजार सात सय ७७ रुपैयाँ नगद, प्रमाणपत्र ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

साथै वेष्ट प्लेयर, वेष्ट गोल किपर, हाइ स्कोररलाई ट्रफी, स्पेशल गिफ्ट ह्याम्पर प्रदान गरिने बताइन्छ ।

टिम दर्ता शुल्क पाँच हजार पाँच सय ५५ रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि मित्रबन्धु फुटवल क्लब प्रायोजन र दरबारथोक एड्भरटाइजिङ एजेन्सी मिडिया पार्टनर रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button