पोखरामा यु-१५ विद्यालय खेलकुद प्रतियोगिता : टेबलटेनिसमा बागमती च्याम्पियन

पोखरा । पोखरामा जारी यु-१५ विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत टेबलटेनिसमा बागमती प्रदेश प्रथम बनेको छ ।

पाँच स्पर्धा समावेश टेबलटेनिसमा बागमतीले स्वर्णमा ‘क्लीन स्वीप’ गरेको हो । दोस्रो तथा अन्तिम दिन दुई स्वर्ण जितेको बागमतीले पहिलो दिन तीन स्वर्ण जितेको थियो ।

तीन रजत र दुई कास्य पदक जितेको छ । बुधबार भएको सिंगल्सतर्फ बागमतीले तीन स्वर्ण, तीन रजत पदक प्राप्त गरेका थिए ।

दोस्रो बनेको कोशीले दुई रजत र दुई कास्य प्राप्त गर्यो । चार कास्य प्राप्त गरेको लुम्बिनी तेस्रो भयो । आयोजक गण्डकीले दुई कास्य जितेको हो ।

बागमती प्रदेशका जयस्नु महर्जनले यु-१५ विद्यालय खेलकुदको टेबलटेनिसमा बिहीबार तीन स्वर्ण जितेका छन् । उनले छात्र सिंगल्स, डबल्स र मिक्स डबल्समा स्वर्ण जिते ।

पोखरा रङ्गशालास्थित कभर्डहलमा भएको छात्र सिंगल्स फाइनलमा जयस्नुले कोशीका सुशान्त मेहतालाई ८-११, ११-५, ११-२ र ११-६ को सेटमा पराजित गरे । कोशीका गौतम तामाङ र लुम्बिनीका सुविन क्षेत्री तेस्रो भए ।

छात्रा सिंगल्समा बागमतीकी नर्मदा खाइतु च्याम्पियन बनिन् । उपाधि भिडन्तमा नर्मदाले कोशीकी सुलेखा ठाकुरलाई ११-९, ४-११, ११-५ र १३-११ को सेटमा हराइन् । बागमतीका सुरम्य शाक्य र अर्शना महर्जन संयुक्त रुपमा तेस्रो भए ।

विजेतालाई प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्मा र टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा सातै प्रदेशबाट समान २८-२८ छात्रछात्रा गरी ५६ खेलाडी सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button