पोखरा । पोखरा महानगरपालिका वडा नं. २५ हेमजामा अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप फुटवल प्रतियोगिता हुने भएको छ ।
असार १ देखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेल गौरीशंकर खेल मैदानमा हुनेछ ।
प्रतियोगितामा १४ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता विजेताले एक लाख ११ हजार एक सय ११, उपविजेताले ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै, सर्वोकृष्ट खेलाडीलाई पाँच हजार, सर्वाधिक गोलकर्ता, गोलरक्षक, डिफेन्डर, मिडफिल्ड, फरवार्डले जनही दुई हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजक हेमजा युनाइटेड क्लबले जनाएको छ ।
क्लबका अध्यक्ष राजेश त्रिपाठीले युवा एकता र विकासका लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो ।
खेलकुदको माध्यमबाट एकता भाइचारा बढाउँदै खेलकुदमा अभिरुची जगाई नयाँ खेलाडी उत्पादनमा जोड दिने उद्देश्य रहेको अध्यक्ष त्रिपाठीले बताए ।
पोखरा महानगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने प्रतियोगिताको उद्घाटन खेल आयोजक सेतो र वडा नं. १ बीच हुनेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution