विश्वकप क्रिकेट : पाकिस्तान एक खेल खेल्न बाँकी छँदै बाहिरियाे

काठमाडौँ । आयोजक अमेरिका टी-२० विश्वकप क्रिकेटको सुपर एटमा पुगेको छ ।

पहिलो पटक वेष्ट इन्डिजसँग मिलेर टी-२० विश्वकप आयोजना गरेको अमेरिकाले घरेलु मैदानको सदुपयोग गर्दै पहिलो पटक विश्वकपको सुपर एटमा पुगेको हो ।

शुक्रबार रातिको समूह चरणको अन्तिम खेलमा आयरल्याण्ड र अमेरिकाले वर्षाले खेल हुन नसकेपछि अंक बाँडेसँगै अमेरिका ५ अंकसहित समूह एको उपविजेता बन्दै सुपर एटमा पुगेको हो ।

लाउडरहिलमा वर्षाले टससमेत हुन नसकेपछि दुवै टिमले एक एक अंक पाएका थिए ।

अमेरिका सुपर एटमा पुगेसँगै पूर्व विजेता पाकिस्तान भने समूह चरणबाटै बाहिरिएको छ । पाकिस्तान एक खेल खेल्न बाँकी छँदै बाहिरिएको हो ।

समूह एबाट एक खेल खेल्न बाँकी छँदै भारत ६ अंकसहित समूह विजेता भएको छ । पाकिस्तान, क्यानाडा र आयरल्याण्ड बाहिरिएका छन् ।

अमेरिका सुपर एटमा मात्र पुगेको छैन सन् २०२६ को विश्वकपमासमेत छनोट भएको छ । सुपर एटमा पुग्ने आठै टिम सन् २०२६ को टी–२० विश्वकपमा छानिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button